-
news
खुमबहादुर खड्का जेल चलान
काठमाडौं, भदौ ६ – भ्रष्टाचारी ठहर पुर्व मन्त्री तथा काँग्रेस नेता खुमबहादुर खड्कालाई जेल चलान गरिएको छ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएको ९ दिनपछि फैसला कार्यान्वयनका लागि काठमाडौ जिल्ला अदालतमा हाजिर भएका खड्कालाई सदरखोर डिल्ली बजार लगिएको काठमाडौ जिल्ला अदालतले जनाएको छ ।सर्वोच्च अदातले साउन ३० गते पदमा रहदा पदको दुरुपयोग गरि भ्रष्टाचार गरेको ठहर गर्दै डेढ बर्ष कैद तथा ९४ लाख, ७४ हजार १ सय २२ रुपैयाँ वीगो र त्यतिनै जरीवानाको फैसला गरेको थियो । ६० दिनभित्र अदालतमा उपस्थित भएका कारण खड्कालाई तोकिएको सजायमा २० प्रतिशत कमी हुनेछ ।खड्काले सर्वोच्च अदालतको पुर्ण इजलासमा मुद्दाको पुनरावलोकनको निवेदन दिने भनिएपनि खड्का अदालत जानुभएको थियो । खड्काले जेलबाटै पनि पुनरावलोकन गर्न सक्ने पारिवारिक श्रोतले जनाएको छ ।
Comments
-
- Go to program schedule
-
-
२ र ३ खुल्ला दिशामुक्त वडा घोषणा
हेटौडा, चैत २० गते - हेटौंडा नगरको २ र ३ नम्वर वडालाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । मकवानपुरका स्थानिय बिकास अधिकारी भुवनप्रकाश बिष्टले नगरको २ र ३ नम्वर वडालाई खुल्ला..
Read More -
सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन
हेटौडा, चैत २० गते - मकवानपुरमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले आज सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन भएको छ । उद्घोषक साप्ताहिककी प्रकाशक÷सम्पादक तथा राजधानि दैनिककी मकवानपुर संवादद..
Read More - VIEW ALL
-
२ र ३ खुल्ला दिशामुक्त वडा घोषणा
-