-
news
सहमति नभए अहिलेकै सरकार २० बर्ष सम्म : प्रचण्ड
२ भदौ, सिराहा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच सहमति नभए वर्तमान सरकार २० वर्षसम्म पनि जान सक्ने बताउनुभएको छ । सिराहाको लाहानमा आज भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सहमति पनि नहुने र निर्वाचन पनि नभएको अवस्थामा वर्तमान सरकारले निरन्तरता पाइरहने दाबी गर्नुभयो ।
कांग्रेस र एमालेले काम चलाउ प्रधानमन्त्रीको राजीनामा माग्दै सडकबाट आन्दोलन गर्छु भन्नु हास्यास्पद भएको भन्दै प्रचण्डले नेपाली कांग्रेसका नेताहरुले मुलुकलाई २०१७ सालको अवस्थामा पुर्याउन खोजिरहेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस र एमालेसंग भएको पाँचबुँदे सहमति पालना भएमात्र कांग्रेसको नेतृत्वमा सहमतीय सरकार निर्माण हुन सक्ने उहाँको भनाइ थियो ।
नेपाली कांग्रेस र एमालेको सङ्घीयता विरोधी गतिविधिका कारण नै संविधानसभा विघटन भएको आरोप लगाउँदै उहाँले आˆनो पार्टी जनआन्दोलनबाट प्राप्त उपलब्धि स्थापित गराउन क्रियाशील रहेको स्पष्ट पार्नुभयो । आफुहरुले गठन गरेको संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चा कसैको विरुद्ध नभई देशलाई राजनीतिक निकास दिन गठन भएको स्पष्ट पार्नुभयो । उहाँले जातीय पहिचानसहितको सङ्घीयता निर्माण, जनताको अग्रगामी अधिकार स्थापना एवम् आगामी संविधानसभा निर्वाचनमा संयुक्तरूपले जाने सम्बन्धमा मोर्चामा सहमति भएको पनि जानकारी दिनुभयो ।
राष्ट्रपतिबाट सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता सम्बन्धमा उहाँले आफूले यसबारे राम्ररी बुझ्न नसकेको बताउनुभयो ।
Comments
-
-
Program: नेपाली पप गीतहरु
Go to program schedule -
-
निर्वाचन विथोलिने सम्भावना रहेको ः थापा
हेटौँडा, असार ४ गते - राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकीकृत माओवादीका कारण संविधानसभा निर्वाचन विथोलिने सम्भावना रहेको बताउनु भएको छ । राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार..
Read More -
पूर्वराजाद्धारा दर्शन
हेटौडा, असार ३ गते - पूर्वराजा ज्ञानेन्द्र शाहले आज मकवानपुरको विभिन्न मन्दिर तथा गु्म्बाको पूजा तथा दर्शन गर्नुभएको छ । चुरियामाई मन्दिर , हेटौंडा ९ सिमेण्टरोडमा रहेको चक्रवर्ती गुम्बा, हेटौंडा ४ म..
Read More - VIEW ALL
-
निर्वाचन विथोलिने सम्भावना रहेको ः थापा
-
-
Program: नेपाली पप गीतहरु