LISTEN LIVE
  • Close Button
  • मकवानपुर खबर Presenter:
  • कृषि कार्यक्रम Presenter: Sunil Gautam
    starts @ 19:00
  • Visit Live Page
  • Collapse Button
  • Radio Makawanpur
  • HOME
  • ABOUT US
  • PROGRAMS
  • PROGRAM ARCHIVE
  • GALLERY
    • Photos
    • Station IDs
  • RJs
  • NEWS
  • ADVERTISE
  • CONTACT
  • news

    युरो कपको उपाधीमाथी स्पनेको कब्जा, इटाली ४–० ले पराजित

    १८ असार, युरो कप फुटबल २०१२ को उपाधि स्पेनले जितेको छ । गएराती युक्रेनमा भएको फाइनल खेलमा इटालीलाई चार सुन्य गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधिमाथि कब्जा जमाएको हो । स्पेनले यो जितसंगै दोस्रो पटक यूरो कपको उपाधिमाथि कब्जा जमाएको हो । खेलको सुरुवात देखि नै इटालीलाई दवावमा राखेको स्पेनले खेलको १४ औ मिनेटमा सेस फेर्विगासको सटिक पासलाई सर्दुयोग गर्दै डेभिड सिल्भाले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलअवधिभर एकपक्षीय आक्रमणलाई जारी राखेको स्पेनिस टोलीका लागि जोर्डी अल्बाले ४१ औ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा इटालीको फितलो प्रदर्शनको मौका छोप्दै स्पेनिस खेलाडीले पोष्ट आक्रमणलाई निरन्तरता दिए । दोस्रो हाफमा सेस फेर्बिगासलाई प्रतिस्थापना गर्दै मैदान छिरेका टोरेजले ८४ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यसको ४ मिनेपछि नै स्पेनका जाउन माटाले टोलीका लागि चौथो गोल गरे । जितसंगै स्पेनले लगातार तेस्रो ठूलो उपाधि उचालो । यसअघि स्पेनले सन् २००८ मा यूरोकप / सन् २०१० मा विश्वकपको उपाधि उचालेको थियो ।

    Comments

    • Program: मकवानपुर खबर

      Go to program schedule
    • Travel to Nepal
      • २ र ३ खुल्ला दिशामुक्त वडा घोषणा

        हेटौडा, चैत २० गते - हेटौंडा नगरको २ र ३ नम्वर वडालाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । मकवानपुरका स्थानिय बिकास अधिकारी भुवनप्रकाश बिष्टले नगरको २ र ३ नम्वर वडालाई खुल्ला..

        Read More
      • सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन

        हेटौडा, चैत २० गते - मकवानपुरमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले आज सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन भएको छ । उद्घोषक साप्ताहिककी प्रकाशक÷सम्पादक तथा राजधानि दैनिककी मकवानपुर संवादद..

        Read More
      • VIEW ALL
  • © Radio Makwanpur 103.1 MHZ - 2013
  • Site by:SoftNEP